फलोअप: बेपत्ता छोरा खोज्न चीनबाट नेपाल आइपुगे ‘इ जोङ वी’
हिम पहिरोमा पुरिएको आशंका
पाेखरा | चैत १७, २०८१
पोखरा: अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक चिनियाँ नागरिक ६ दिनदेखि बेपत्ता भएपछि उनका परिवार नेपाल आइपुगेको छ ।
बेपत्ता योङयनका बुवा ‘इ जोङ वी’ लगायत ५ जना उनका आफन्त योङयनलाई खोज्न देउराली पुगिसकेका छन् ।
अन्नपूर्ण आधार शिविर (बेस क्याम्प) बाट एक्लै फर्किदै गरेका २७ वर्षीय चेङ योङयन चैत ११ गते मध्यान्हको समयमा पदमार्गबाट नै बेपत्ता भएका थिए ।
अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गर्दा योङयन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले सुनगाभा न्यूजसँग पुष्टी गरे ।
‘अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक चिनिया नागरिक बेपत्ता भएका छन्, प्रहरी प्रमुख ओलियाले भने, ‘चैत ११ गते अन्नपूर्ण बेस क्याम्पको रुटमा पर्ने देउरालीमा हिम पहिरो गएको छ, हिम पहिरोमा नै परेर बेपत्ता भए कि भन्ने आशंकामा प्रहरी, स्थानीयको सहयोगमा खोजीकार्य जारी छ । बेपत्ता नागरिकको परिवार पनि आइपुग्नुभएको छ । देउरालीको मौसम छिनछिनमा परिवर्तन भइराख्ने भएकाले खोजी कार्यमा केही समस्या छ ।’
विदेशी नागरिकले अन्नपूर्ण संरक्षण क्षेत्रको विभिन्न स्थानमा प्रवेश गर्नुपूर्व विभिन्न स्थानमा राखेको चेकपोष्टबाट नाम दर्ता गर्नुपर्छ ।
यो पनि पढ्नुहोस
उनको चेकइन गरेपनि चेकआउट भएको रेकर्ड नदेखिएकाले देउराली क्षेत्रमा बेपत्ता भएको आंकलन गरिएको हो ।
चैत ११ गते अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका दुई भारतीय नागरिकले आफु भन्दा अगाडि रहेका एक पर्यटक देउरालीको हिमपहिरोमा परेको सूचना प्रहरीलाई दिएका थिए ।
उनै व्यक्ति चिनियाँ नागरिक भएको हुनुपर्ने प्रहरीको अनुमान छ ।
पहिरोमा नागरिक पुरिएको सूचनापछि प्रहरी चौकी घान्द्रुक, पर्यटन प्रहरी पोखरा, स्थानीय र जनप्रतिनिधिको टोली घटनास्थलमा पुगेका थिए ।
हिउँँ पहिरोमा चिनियाँ नागरिक पुरिएको आशंकापछि पर्यटन प्रहरी पोखराबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको कमाण्डमा ७ जना पर्यटन प्रहरी, प्रहरी चौकी घान्द्रुक, स्थानीय र जनप्रतिनिधिको टोली घटनास्थलमा उद्धारको लागि खटिएको छ ।
देउरालीको मौसम परिवर्तन भइराख्ने भएकाले खोजतलाजमा समस्या भइरहेको उद्धार टोलीमा रहेका एक सदस्यले जानकारी दिए ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...


